श्री: श्री मते रामानुजाय नमः श्री मद् वर वर मुनये नमः श्री वानाचल महा मुनये नमः
जय श्रीमन्नारायण ।
आळ्वार एम्पेरुमन्नार जीयर् तिरुवडिगळे शरणं ।
ओराण्वाळि गुरुपरम्परा अन्तर्गत सतौँ आचार्य श्री मणक्काल्नम्बिको संक्षिप्त जानकारी पछि हाम्रो गुरु परम्परामा आघि बढ्दै ओराण्वाळि गुरु परम्परा अन्तर्गत आठौँ आचार्य श्री आळवन्दार अर्थात यामुनाचार्य स्वामीजीको बारेमा जान्ने प्रयास गर्नेछौं |
आळवन्दार (यामुनाचार्य स्वामी)
तिरुनक्षत्र : दक्षिणात्य आषाढ मासको उत्तरषाढा नक्षत्र
अवतार स्थल : काट्टुमन्नार् कोविल,
आचार्य : मणक्काल नम्बि अर्थात श्रीराममिश्र स्वामीजी
शिष्यगण : पेरिय नम्बि (महापूर्ण स्वामीजी) , पेरिय तिरुमलैनम्बि (श्रीशैलपूर्ण स्वामीजी), तिरुकोष्टियूर् नम्बि (गोष्ठिपूर्ण स्वामीजी) , तिरुमालै आण्डान् (मालाधार स्वामीजी), देववारि आण्डान् , वानमामलै आण्डान्, ईश्वर् आण्डान्, जीयर् आण्डान्, आळवन्दार आळ्वान् , तिरुमोगूर् अप्पन्, तिरुमोगूर् निन्रार्, देवपेरुमाळ्, मारनेरी नम्बि, तिरुकच्चिनम्बि (कांचीपूर्ण स्वामीजी) , तिरुवरंग पेरुमाळ् अरयर्, (मणक्काल नम्बिको शिष्य र आळवन्दारको पुत्र) , तिरुकुरुगूर दासर्, वकुलाभरण सोमयाजियार्, अम्मंगि , आळ्कोण्दि , गोविन्द दासर् (उहाँको अवतार वडमदुरैमा भएको थियो), नाथमुनि दासर् (राजाको पुरोहित), तिरुवरंगतम्मान् (राज महिषी)
ग्रन्थ : चतुश्लोकी , स्तोत्र रत्नम् , सिद्धि त्रयं, आगम प्रामण्यम् र गीतार्थ संग्रहम्
उहांको परमपद तिरुवरंगममा भएको थियो ।
यमुनैतुरैवर् (यामुनाचार्य) को जन्म काट्टु मन्नार कोइल क्षेत्रमा भएको थियो । उहाँ आलवन्दार नामले सुप्रसिद्ध हुनुभयो । उहाँलाई पेरीय मुदलिआर, परमाचार्य, वादिमतेभ सिम्हेन्द्र आदि नामले समेत व्यवहार गरिन्छ ।
उहाँको ईश्वरमुनिका पुत्र तथा श्रीनाथमुनीजीका पौत्रका रुपमा यस धरातलमा अवतार भएको थियो । उहाँले आफ्नो सामान्य शास्त्राध्ययन श्रीमहाभाष्यभट्टरसँग प्राप्त गर्नुभएको थियो । त्यस समयका राजाका पुरोहित श्रीअक्किआल्वानले आफु प्रमुख पुरोहित भएको कारणले कर असूली गर्नको लागि आफ्ना दुतहरु सबै पण्डितहरुको घरमा पठाउनु हुन्थ्यो । यस कारणले श्रीमहाभाष्यभट्टर चिन्तित भएको देखेर यस विषयलाई समाधान गर्ने वाचा यामुनाचार्य स्वामीले गर्नुभयो । उहाँले सबै कविहरुलाई पराजित गर्ने अर्थ भएको एक श्लोक रचना गरि उक्त राजपुरोहितलाई सन्देश पठाउनुभयो । उक्त सन्देश सुनेर आक्किआल्वान क्रोधित भई आफ्ना सेनालाई यामुनाचार्यलाई पक्रेर राजाको अदालतमा ल्याउन आदेश दिनुभयो । आफुलाई उचित स्वागत सत्कार गरेमा मात्र राजाको सामना गर्ने भनेपछि राजाले यामुनाचार्यलाई लिनको लागि पाल्कीको व्यवस्था गरे ।
राजाको सामुन्ने बहस सुरु हनु पूर्व नै यामुनाचार्यले नै उक्त बहस जित्ने र यदि नजितेमा आफु राजाकी दासी हुने घोषणा राजमहिषीले गर्नुभयो । आफ्ना पुरोहित आक्किआल्वानको विद्वतामा भएको भरोसाको कारणले राजाले घोषणा गर्नुभयो कि यामुनाचार्यले जितेमा उहाँलाई आफ्नो आधा राज्य दिइनेछ । आक्किआल्वानले बढो आत्मविश्वासका साथ यामुनाचार्यले भनेका सबै वाक्यहरु झुठो ठहर गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । त्यस पछि यामुनाचार्यले निम्न वाक्यहरु भन्नुहुन्छ ।
पहिलो – हजुरको ( आक्किआल्वान ) माताजी बाँझो स्त्री हुनुहुन्न ।
दोस्रो – हाम्रो राजा समर्थ (काबिल/योग्य/सक्षम) हुनुहुन्छ ।
तेश्रो – राजाकी पत्नी (महारानी) पतिव्रता स्त्री हुनुहुन्छ।
यामुनाचार्यका उपरोक्त वाक्यहं सुनेर आक्किआल्वान मन्त्रमुघ्द हुनुभयो किनकी उक्त तीन वाक्यलाई झुठा ठहर गर्न मिल्ने कुरै भएन । तर यामुनाचार्यले उक्त तीन वाक्यलाई सहजै निम्न प्रकारले झुठा ठहर गर्नुभयो ।
पहिलो – शास्त्र अनुसार त्यो आमा बाँझी (निसन्तान) हुन्छिन् जसको एउटा मात्र पुत्र/पुत्री हुन्छ । (हजुरआफ्नो आमाको एकमात्र संतान हुनुहुन्छ अतः हजुरको आमा एक बाँझो (निसन्तान) स्त्री हुनुहुन्छ ) ।
दोस्रो – हाम्रा राजा काबिल/समर्थ हुनुहुन्न किनकी उहाँ केवल आफ्नो राज्यको शासन गर्नुहुन्छ पुरै साम्राज्यको अधिपति हुनुहुन्न ।
तेस्रो – शास्त्रका अनुसार गरिने विवाहमा कन्यालाई वेदमन्त्रहरुद्वारा पहिला देवताहरुलाई प्रदान गरिन्छ त्यसपछि मात्र उ आफ्नो पतिको हुन्छे । त्यसैले राजाकी पत्नी पनि पतिव्रता हैनन् ।
आक्किआळ्वानले यमुनैतुरैवरको सक्षमता र उहाँको विशिष्टाद्वैत शिद्धान्तको प्रतिष्ठा हुने शास्त्रानुसारको व्याख्या देखेर उहाँसग पराजय स्विकार गर्नुभइ उहाँको शिष्य समेत बन्नुभयो । महारानीले उहाँलाई आळवन्दार नामले सम्बोधित गर्नुभयो। जसको मतलब हो महारानिको रक्षा गर्ने , यदि उहाँ विजय नभएको भए महारानी दासी हुनुपर्ने थियो ) । महारानी उहाँको शिष्या समेत बन्नुभयो । राजाले महारानीलाई दिएको वचन अनुसार यामुनाचार्यजीलाई आफ्नो आधा राज्य दिनुभयो | तत्पश्चात उहाँ श्रीआलवन्दार आफुले पाएको राज्यको प्रशासनिक कार्यमा व्यस्त रहन थाल्नु भयो ।
मणक्काल् नम्बी अर्थात श्रीराममिश्र स्वामीजीले यामुनाचार्यजीलाई पुनः श्रीसम्प्रदायमा प्रवेश गराउनुहुन्छ र उहाँलाई आफ्नो संप्रदायको दर्शन प्रवर्तक बनाउनको लागि श्रीरंगम लिएर आउनु हुन्छ |श्रीरंगम पुगे पश्चात उहाँले सन्यास दीक्षा ग्रहण गर्नुभयो र संप्रदायको प्रचारमा लाग्नु भयो । यस क्रममा यामुनाचार्यजीले अनेक श्रीवैष्णव शिष्य बनाउनुभयो |
मणक्काल् नम्बी यामुनाचार्यजीलाई भन्नुहुन्छ “तिमीले तिम्रो हजुरबुवाले दिनुभएको अष्टाङ्ग योगको रहस्य कुरुगै कावलप्पण् स्वामीसँग सिख्नु पर्नेछ “। जब यामुनाचार्यजी, कुरुगै कावलप्पण् स्वामीसँग मिल्नुहुन्छ तब कुरुगै कावलप्पण् स्वामीको योगमा भगवद् अनुभव हुन्थ्यो र उहाँलाई पनि यामुनाचार्यजीको आगमनको आभास हुन्थ्यो । कुरुगै कावलप्पण्ले यामुनाचार्यजीलाई भन्नुभयो कि उहाँलाई आभास भयो कि भगवान उहाँको काँध माथि बसेर श्रीनाथमुनिको वंशज लाई हेर्दैहुनुहुन्छ । किनभने नाथमुनिको वंश भगवानलाई अत्यंत प्रिय छ । उहाँले यमुनाचार्य स्वामीजीलाई अष्टान्ग योग रहस्य सिक्नको लागि आफ्नो परमपद प्रस्थानको केही समय अगाडिको समय तोक्नुहुन्छ । तर यमुनाचार्यजी त्यस समय बिर्सेंर तिरुअनन्तपुरमको यात्रामा हुनुहुन्थ्यो ।
जब यमुनाचार्यजी तिरुअनन्तपुर दर्शनको यात्रामा जानुभयो तब उहाँको एक शिष्य देववारी आण्डान् , आचार्यको वियोग सहन गर्न नसकी उहाँ तिरुअनन्तपुर तिर प्रस्थान गर्नुभयो र त्यस समय आळवन्दार् तिरुअनन्तपुरदेखि श्री रंगमको लागि प्रस्थान गरिरहनु भएको थियो । उहाँहरु दुबैको भेट तिरुअनन्तपुरको मुख्य द्वारमा भयो । दैवावारी आण्डान् आफ्नो आचार्य देखि धेरै खुशी हुनुभयो र उहाँ सँगै श्री रंगम फर्कने फैसला गर्नुभयो। आळवन्दार् उहाँलाई अनंतशयन एम्पेरुमानको दर्शन गरेर आउन आज्ञा गर्नु हुन्छ तर देववारी आण्डान् भन्नुहुन्छ ” मेरो लागि एम्पेरुमान् भन्दा अधिक आळवन्दार् हुनुहुन्छ ” । उहाँमा यस्तो विशेष आचार्य निष्ठ हुनुहुन्थ्यो ।
श्री रंगम आए पछि उहाँलाई श्री वैष्णव संप्रदायको आगामी उत्तराधिकारीको नियुक्त गर्ने चिन्ता पर्छ । यहि समयमा यामुनाचार्यजीलाई श्री रामानुज स्वामीको बारेमा जानकारी मिल्छ जो कान्चिपूरमा यादव प्रकाशजीसँग शिक्षा ग्रहण गरिरहनु भएको थियो । कान्चिपूरम् पुगेर देवपेरुमाल कोविल मन्दिरमा करीयमाणिक्क पेरूमाळ् सन्निधिको सामने आफ्नो दिव्य अनुग्रह श्रीरामानुज माथि बर्षाउनु हुन्छ , जो त्यस समय सन्निधिको अगाडिबाट गईरहनु भएको थीयो । आळवन्दार् देवपेरूमाळ् सन्निधि पुग्नु हुन्छ र एम्पेरुमानसँग प्रार्थना गर्नु हुन्छ कि रामानुजलाई शरणागति प्रदान गरियोस तथा श्रीरामानुजलाई नै संप्रदायको आउनेवाला उत्तराधिकारी नियुक्त गरियोस । यस प्रकार आळवन्दारले रामानुज दर्शनको बिरुवा रोप्नु भयो जो पछि एक महावृक्षको रूपमा परिवर्तित हुनुभयो । उहाँ काञ्चीपूर्ण स्वामीसँग श्रीरामानुजलाई आध्यात्मिक प्रगतिमा सहायता गरियोस भनी विन्ती गर्नु हुन्छ ।
समयको अंतरालमा आळवन्दार बिरामी हुनुभयो र आफ्नो चरम अवस्थाको समयमा सबै शिष्यहरुलाई केहि उपदेश दिनुभयो , जस मध्य केहि यस प्रकार छ ।
१. श्रीवैष्णवहरुको लागि दिव्यदेश (दिव्यस्थल) नै प्राण हो । यस दृढ़ विश्वासको साथ सदैव यि दिव्य क्षेत्रहरुमा भगवद्-भागवत कैंकर्य गरी रहने ।
२. श्रीवैष्णवहरुको लागि तिरुप्पाणाळ्वारले (योगीवहान) बताय अनुसार , भगवान तिरुवरंग सदैव पूजनीय हुनुहुन्छ र उहाँको पूजा/सेवा, उहाँको तिरुवडी (चरणारविन्द) बाट शुरू गरी तिरुमुडि (शीर ) सम्म दर्शन गर्न पर्छ किनकी तिरुप्पाणाळ्वार भगवानको चरणकमलमा सदैव रहनुहुन्छ (जसले भगवानको श्री चरणकमलको आश्रय लिनुभयको छ ) । श्री आळवन्दार भन्नुहुन्छ उहाँको विचारमा तिरुप्पाणाळ्वार (जसले पेरियपेरुमाळको गुणगान गर्नुभयो।) , कुरुम्बरुतनम्बि (जसले मिट्टिको फूल पेरियपेरुमाळ को समर्पित गर्नुभयो) , तिरुकच्चिनम्बि (जसले भगवान देवपेरुमाळको पंखा हल्लाउने सेवा गर्नुभयो ) सदैव समान हुनुहुन्छ र उहाँहरुको तुलना कदाचित गर्न सकिदैन किनभने एक सबै भगवद्कैंकर्यमा उत्कृष्ट हुनुहुन्थ्यो ।
३. श्री आळवन्दार भन्नुहुन्छ एक प्रपन्नको कदाचित आफ्नो आत्मयात्रा अथवा देहयात्राको चिंतन गर्नु हुँदैन कुनभने आत्मा भगवानको आधीन छ अतः भगवान आफैं त्यसको देखभाल गर्नुहुन्छ र देह जुन पूर्वकर्मानुसार प्राप्त छ त्यो (देह) हाम्रो पाप / पुण्यको अनुसार चल्छ । अतः हामीले कसैको बारेमा चिंतित हुनु आवश्यकता छैन ।
४. भागवतहरुमा कदाचित तुलना गर्नु हुँदैन किनकी हर एक श्रीवैष्णव भगवान तुल्य हुनुहुन्छ |
५. जसरी हामीले एम्पेरुमानको श्री चरणकमलको अमृत (चरणामृत) स्वीकार गर्छौ त्यसरी गौरव र प्रेमले आचार्यको श्री पाद तीर्थ लिनु पर्छ ।
६. जब हामी (आचार्य) श्री पाद तीर्थ अरुलाई दिँदौ छौं तब हामीले गुरुपरम्परा अथवा वाक्य गुरुपरम्परा / द्व्य महा मंत्रको अनुसंधान गर्दै दिनु पर्छ ।
अन्तमा उहाँले सबै शिष्योहरुलाई अगाडि उपस्थित हुन भन्नुहुन्छ । उनुहरुसँग क्षमा प्रार्थना माग्नुहुन्छ , उनिहरुको श्री पाद तीर्थ ग्रहण गर्नुहुन्छ , उनुहरुलाई तादियाराधन गराउनुहुन्छ र चरम तिरुमेनी (शरीर) छोड़कर परमपद को प्रस्थान गर्नुहुन्छ ।
सबै शिष्यगण दुःखको सागरमा डुब्नुहुन्छ र उहाँको अंतिम यात्रा उत्सव मनाउन तैयारी आरम्भ गर्नुहुन्छ । जब एक श्री वैष्णव आफ्नो भौतिक काया को छोडेर परमपद जानुहुन्छ , तब उहाँको परमपदमा अत्यंत गौरव र सम्मानको साथ स्वागत गरिन्छ , यसलाई ध्यानमा राख्दै यो कार्य अत्यंत समारोह पूर्वक मनाइन्छ । सबै चरम कैकर्य जस्तै तिरुमंजनम्, श्री चूर्ण धारणा ,अलंकरण ,ब्रह्म रथ विस्तार आळवन्दार् चरित्रमा र अन्य आचार्याको चरित्रमा पनि प्रष्तुत गरियको छ।
आफ्नो अंतिम समयको पहिला , आलवन्दार स्वामी आफ्नो प्रिय शिष्य पेरिया नम्बि ( महापूर्ण स्वामीजी) को इळयाळ्वार (रामानुज स्वामीजी)लाई लियर आउन कांचीपुरम पठाउनु हुन्छ । इळयाळ्वार् देवपेरुमाळको तिरुवाराधानको लागि जल कैंकर्यको लागि सालै किनर (कुवा) पुग्नुहुन्छ । उहाँलाई देखेर पेरिय नम्बी आळवन्दार् स्वामी द्वारा रचित स्तोत्र रत्नको पठन ठुलो स्वरले इळयाळ्वारलाई सुनाई दीनेगरी भन्नुहुन्छ । इळयाळ्वार ( रामानुज स्वामी ) श्लोक सुनेर , श्लोकको अर्थ पुरै ग्रहण गरेर महापूर्ण स्वामीजीलाई त्यस श्लोकको लेखकको बारेमा सोध्नु हुन्छ । तब पेरिय नम्बि उहाँलाई आळवन्दारको विशिष्टता/उत्कर्षता भनेर उहाँलाई श्री रंगम आमंत्रित गर्नुहुन्छ । उहाँको आमंत्रण स्वीकार गरी इळयाळ्वार् देवापेरुमाळ् र तिरुकच्चिनम्बीको अनुमति लेयर श्री रंगम पुग्नु हुन्छ । श्री रंगम पुग्नु अघि बाटोमा आळवन्दार् स्वामीको तिरुमेनि अंतिम यात्रा देखेर पेरिय नम्बि दुखित भइ भुइंमा लडि रुनुहुन्छ र इळयाळ्वार् पनि यो सबै देखी दुखी हुनुहुन्छ । त्यहाँ उपस्थित मानिषहरुसँग घटित घटनाको जानकारी प्राप्त गर्नुहुन्छ ।
समाधी स्थलमा ,आळवन्दार् स्वामीको अंतिम कैंकर्यको आरम्भ हुँदै थीयो , तब सबैले उहाँको एक हाथको ३ औँला मुठी परेको (बंद) देखी अचंमित हुनुभयो । इळयाळ्वार् पनि यो देखी उपस्थित शिष्य र वैष्णव समूहसँग चर्चा गरी यसको कारण जान्ने प्रयास गर्नुहुन्छ , सबैको विचार सुनी आलवन्दार स्वामीको ३ इच्छाहरु अधुरो रह्यो जुन यस प्रकार छन् ।
१. व्यास र पराशर ॠशिहरु के प्रति सम्मान व्यक्त गर्नु ।
२. नम्माल्वारको प्रति आफ्नो प्रेम बढाउनु ।
३. विशिष्टा द्वैत सिद्धान्त अनुसार व्यासको ब्रह्म सूत्र माथि श्रीभाष्य को रचना गरी (विश्लेष से विचार/चर्चा करना ) लेख्नु ।
जब इळयाळ्वार् आलवन्दार स्वामीको यी ३ इच्छाहरु पूर्ण गर्न प्रण लिनुहुन्छ तब आळवन्दार् स्वामीको तीन औँलाहरु सिधा भयो । यो देखेर त्यहाँ एकत्रित सबै वैष्णव र आलवन्दार स्वामीको शिष्य अचंभित हो खुश हो जाते हैं और इळयाळ्वार् की प्रशंसा करते हैं। आळवन्दार् स्वामीको परिपूर्ण दया, कृपा कटाक्ष र शक्ति उहाँ माथि प्रवाहित भइरहन्छ । उहाँलाई श्री वैष्णव संप्रदाय दर्शनको उत्तराधिकारी प्रवर्तक/ निरवाहक चुनिनुभयको मानिन्छ । इळयाळ्वारलाई आळवन्दार् स्वामीको दर्शनको सौभाग्य प्राप्त नहुनाले धेरै दुखित मनले सबै कैंकर्य पूर्ण गरी पेरिय पेरुमाळको दर्शन नगरी कान्चिपूर् फर्कनु हुन्छ । आळवन्दार् स्वामी द्वारा रचित ग्रन्थ उहाँलाई उभय वेदान्तको महा ज्ञानी हुनुको आभास गराउँछ ।
१. चतुश्लोकिमा केवल ४ श्लोकहरु पेरिया पिराट्टि वैभवको मूल तत्व सम्झाउनु हुन्छ ।
२. वास्तवमा स्तोत्ररत्न एक अनमोल रत्न हो र यही रत्नमा श्री आळवन्दार शरणागतिको अवधारणा पूर्ण रूपले सरल श्लोकहरुमा प्रस्तुत गर्नु हुन्छ |
३. गीतार्थसंग्रहमा श्री आळवन्दार श्री भगवद्गीताको सारांश सम्झाउनु हुन्छ |
४. आगम प्रमान्यम पहिलो ग्रन्थ हो जसले श्री पाँच रात्र आगमंको महत्व र वैधता माथि प्रकाश परेको छ ।
आळवन्दारको तनियन्
यत् पदाम्भोरुहध्यान विध्वस्ताशेश कल्मषः
वस्तुतामुपयातोऽहम् यामुनेयम् नमामितम्
यस पश्चात पेरियनम्बिको वैभवको चर्चा गर्नेछौं ।
अडियन् प्रमोद रामानुज दासन्
अडियन् राघव रामानुज दासन्
श्रोत – https://guruparamparai.koyil.org/2012/09/01/alavandhar/
archived in https://guruparamparai.koyil.org/
प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) – http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org
2 thoughts on “आळवन्दार (यामुनाचार्य स्वामी)”