मणक्काल्नम्बि (राममिश्र स्वामी)

श्री:  श्री मते रामानुजाय नमः  श्री मद् वर वर मुनये नमः  श्री वानाचल महा मुनये नमः

जय श्रीमन्नारायण ।

आळ्वार एम्पेरुमन्नार जीयर् तिरुवडिगळे शरणं ।

पूर्व अनुच्छेदमा ओराण्वाळि गुरु परम्परा अन्तर्गत सातौँ आचार्य “उय्यकोण्डार्” स्वामीजीको जीवनीको संक्षिप्त परिचय प्रस्तुत गरेयको थीयो । अब हामी ओराण्वाळि अन्तर्गत आठौँ आचार्य (मणक्काल्नम्बि)को जीवनमा संक्षिप्त प्रकाश प्रस्तुत गर्दै छौं ।

F63B6954-B9AF-4D93-9FA8-86216EE6D4B0

मणक्काल्नम्बि

तिरुनक्षत्र : माघ मास , माघ नक्षत्र

अवतार स्थल : मणक्काल

(श्रीरंगमको नजिक कावेरी नदीको तटमा स्थित एक सानो गाउँ मणक्काल)

आचार्य : उय्यकोण्डार

शिष्यगण : आळवन्दार, तिरुवरंगपेरुमाळ् अरयर् (आळवन्दारको पुत्र), दैवतुक्करसु नम्बि, पिळ्ळै अरसु नम्बि, सिरु पुळ्ळूरुडैयार् पिळ्ळै, तिरुमालिरुन्चोलै दासर, वंगिपुरत्तु आय्चि

मणक्काल्नम्बि , श्रीराममिश्र नामले पनि पारिचित हुनुहुन्छ । उहाँको जन्म मणक्काल नामक एक सानो गाउँमा भयको थीयो । उहाँको ख्याति (प्रसिद्धि) संप्रदायमा मणक्काल्नम्बि नामले भयो । मणक्काल्नम्बि आफ्नो आचार्य (उय्यकोण्डार)को सेवामा बाहृ वर्ष रहनु भयो । यो बाहृ वर्षहरु मध्यमा उहाँको आचार्यको पत्नी परमपद प्राप्त गर्नु भयो । त्यस पछी मणक्काल नम्बिले स्वयं आफ्नो आचार्यको घर (तिरुमाळिगै) र परिवारको रेख देख गरी ज़िम्मेदारि सम्भाल्नु भयो ।

आफ्नो आचार्य निष्ठा र घर परिवारको जिम्मेदारी सम्हाल्ने परिचय दिदैँ एक घटना बहुत चर्चित छ . एक पटक आचार्य उय्यकोण्डारको पुत्रियाँ कावेरी नदीको तटबाट फर्कीरहेका थीय तब बाटोमा हिलो भयको कारण उनिहरु अघी बड्न सक्दैनन र त्यहिं रोकिन्छन् . यो देखी मणक्काल्नम्बि छाती हिलोमा तेकाइ हिलोमा सुत्नु हुन्छ र आफ्नो आचार्यको पुत्रिहरुको आफ्नो पीठ माथि हिडि पार गर्न भन्नुहुन्छ । उहाँको आचार्य उय्यकोण्डारलाई जब यस घटनाको वृतांत मिल्छ तब उहाँले मणक्काल्नम्बि आचार्य चरणमा भक्ति र जिम्मेदारी वहन गर्ने क्षमता देखी अत्यंत प्रसन्न हुनुभयो र मणक्काल्नम्बिलाई सोध्नु हुन्छ – हे मणक्काल्नम्बि ! तिम्रो के ईच्छा छ ? – यो सोध्दा मणक्काल्नम्बि भन्नुहुन्छ – निरन्तर म हजुरको सेवामा तत्पर रहूँ यही मेरो इच्छा छ ।

उय्यकोण्डार धेरै प्रसन्न भयर मणक्काल्नम्बिको द्वयमहामन्त्रको उपदेश फेरी गर्नु हुन्छ । (संप्रदायमा यस्तो मान्यता छ की जब श्रीवैष्णवाचार्य प्रसन्न हुनुहुन्छ तब उहाँ आफ्नो शिष्यलाई द्वयमहामन्त्रको उपदेश दिनुहुन्छ ) ।

उय्यकोण्डार आफ्नो अन्तकालमा मणक्काल्नम्बिलाई आफ्नो उत्तराधिकारी नियुक्त गर्नुहुन्छ र मणक्कालनम्बिलाई आफ्नो अंतिम उपदेशमा नाथमुनि स्वामीजीले दिए वचन अनुसार उहाँको पुत्र , ईश्वरमुनिको पुत्र यामुनाचार्यलाई सदधर्ममार्गमा प्रशिक्षण देयर हाम्रो सत्सांप्रदायको उत्तराधिकारि नियुक्त गर्न भन्नुहुन्छ।

जब यमुनैतुरैवरको जन्म हुन्छ तब मणक्कालनम्बि यमुनैतुरैवरको सम्प्रदायानुसार पंञ्च संस्कार दीक्षा संपन्न गराउनु हुन्छ (संप्रदाय रिवाजानुसार शंख चक्र प्रदान गर्नु ) यानि पंञ्च संस्कार, शिशुको नामकरण संस्कार (जो एघारौँ दिनमा हुन्छ )को समयमा पनि गरिन्छ । त्यस समयमा बाल्यकालमा नै शिशुको तिरुमन्त्रको उपदेश देयर , त्यसको गोपनीय अर्थ सम्झायर मनन मनन् गर्न लगाउथे , जब बालक यौवन अवस्था प्राप्त गर्दथीयो , तब उसलाई भगवानको मूर्ति / शालग्रामको आराधना सिखाउने गरिन्थीयो (तिरुवाराधनम्) ।

यमुनैत्तुरैवर बालक अवस्था देखी नै अती कुशाग्र बुद्धिको धनि प्रतिभाशालि र बुद्धिमान हुनुहुन्थ्यो, यस कारण उहाँ आळवन्दार ( जो रक्षा गर्नको लागि आउनुभयो – यसको जानकारी आळवन्दारको चरित्रमा पाउन सकिन्छ ) नामले पारीचित हुनुहुन्छ । आफ्नो यस्तो प्रतिभाको बलले कोलाहल पंडितको शास्त्रार्थमा पराजित गरी , तत्कालीन राजाबाट आधा राज्य पारितोषक स्वरुप प्राप्त गर्नु भयो र आलवन्दार नाम पनि प्राप्त गर्नु भयो | तत्पश्चात यमुनैत्तुरैवर राज्यको परिपालनमा व्यवस्त हुनुभयो । अतः केही यस प्रकार उहाँ इस भौतिक जगतको भवसागरमा व्यवस्त हुनुभयो, उहाँले आफ्नो यस धरामा अवतरणको कारण नै भूल्नु भयो । मणक्काल्नम्बि यो सबै देखर अत्यंत दुखित हुनुभयो र आफ्नो आचार्यको वचनलाई याद गरेर , आळवन्दारको भगवद्भक्तिको सद्मार्गको दर्शन गराउने अठोट गर्नुभयो।

यही सद्भावनाले मणक्काल्नम्बि जब आळवन्दारसँग मिल्न जानुभयो, मुख्यद्वारपालकले उहाँलाई रोक्नु भयो । मणक्काल्नम्बिको आळवन्दार प्रती (जो उहाँको प्रिय शिष्य हुनुहुन्थ्यो )को सद्भावना अझ मज़बूत भयो र यही भावनाले उहाँले लुकेर राजप्रासाद प्रधान रसोइयेसँग मित्रता गरी भन्नुभयो ” म हरेक दिन आफ्नो राजा (आळवन्दार)लाई हरियो सब्ज़ी (अलर्क ) खुवाउँछु र म सधैं लीयर आउछुँ । यसले तिम्रो राजाको स्वास्थ्य ठीक रहिरहन्छ । यस पछी आळवन्दारलाई भोजनमा हरियो साग आउन थाल्यो , जसले उहाँको हरियो सागमा आसक्ति अझ धेरै हुन थाल्यो । उहाँको विचारहरुमा परिवर्तन हुन थाल्यो । तेस्तैमा एक दिन अचानक भोजनमा हरियो सब्ज़ी नमिल्नाले आळवन्दार आफ्नो रसोईहरुसँग सोध्नु हुन्छ “आज हरियो सब्ज़ी किन नबनायको ? ” ” तब प्रमुख रसोइया भन्नुहुन्छ , एक श्रीवैष्णव आउनुहुन्थ्यो , उहाँको आग्रहले हामीले उहाँले बनाउनु भयको हरियो सब्ज़ी हजुरलाई हरेक दिन निबेदन गर्द थियौं तर उहाँ आज आउनु भयन । त्यसैले आज हरियो सब्जी भोजनमा आयन । यो जानेर आळवन्दार आफ्नो द्वारपालकहरुलाई ति श्रीवैष्णवलाई उहाँको दरबारमा आमन्त्रित गर्नुहुन्छ। इस प्रकार आमंत्रन पायर धेरै प्रसन्न भयका मणक्काल्नम्बि आळवन्दारसँग मिल्न राजदरबारमा जानुहुन्छ । त्यहाँ आळ्वन्दार मणक्काल्नम्बिसँग धनको जरुरी छ कि भनि सोध्नुहुन्छ । उत्तरमा मणक्काल्नम्बि भन्नुहुन्छ म सँग है श्रीनाथमुनिद्वारा प्रसादित अकूत धन छ जो म तिमीलाई (आळवन्दार) दिन चाहन्छु । यो सुनेर अती प्रसन्न आळवन्दार आफ्नो अनुचरहरुलाई कहिले पनि मणक्काल्नम्बिलाई द्वारमा रोक तोक नगर्न आज्ञा दिनुहुन्छ ।
यस प्रकार आळवन्दारको विषेश अनुग्रहले मणक्काल्नम्बिले उहाँलाई भगवद्गीताको सदुपदेश दिनुभयो जून उपदेश सुनेर आळवन्दारमा परिवर्तन आउन लाग्यो । मणक्काल्नम्बिको अनुग्रहले प्राप्त विषेश ज्ञानले परिवर्तित आळवन्दार उहाँसँग सोध्नुहुन्छ – “भगवद्गीताको सारांश जसले भगवानको साक्षात्कार होओस । ” तब मणक्काल्नम्बि उहाँलाई चरमश्लोकको गोपनीय रहस्य सुनाउनुहुन्छ । यस पश्चात मणक्काल्नम्बि आळवन्दारलाई तिरुवरंगम लेयर जानुहुन्छ र भगवानको दिव्य मंगल (अर्चमूर्ति) स्वरूपको दर्शन गराउनुहुन्छ । तिरुवरंगम भगवान श्री रंगनाथजीको दिव्य स्वरुपलाई देखेर आळवन्दार भौतिक जगतसँग जोडीयको डोरीको परिपूर्ण त्याग्नु हुन्छ ।मणक्काल्नम्बि आफ्नो वैकुण्ठ गमन भन्दा पहिले आळवन्दारलाई

1) श्री नाथमुनिको बारेंमा सदैव मनन् गर्नको लागि उपदेश दिनुहुन्छ ।
2) उहाँलाई आफु पछी सम्प्रदायको उत्तरदयित्व सुम्पिनु हुन्छ ।
3) भविष्यमा उहाँ जस्तो एक परिवर्तकाचार्यलाई सम्प्रदायको उत्तरदायित्व सुम्पिन घोषणा गर्नलाई भन्नुहुन्छ ।

आफ्नो आचार्य मणक्काल्नम्बिको आदेश र उहाँको वचनानुसार आळवन्दारले श्री रामानुजाचार्यलाई भविष्य परिवर्ताकाचार्यको रूपमा घोषित गर्नुभयो। अतः हाम्रो सत्साम्प्रदायको पथप्रवर्तक श्रीरामानुजाचार्य हुनुभयो ।

त्यसैले यस प्रकार आफ्नो आचार्यले दिनु भयको वचन पुरा गरी मणक्कालनम्बि परमपदम को प्रस्थान गर्नुभयो ।

मणक्काल्नम्बिको तनियन

अयत्नतो यौमुनम् आत्म दासम् अलर्क्क पत्रार्प्पण निष्क्रयेण
यः क्रीत्वानास्तित यौवराज्यम् नमामितम् राममेय सत्वम् ॥

अडियेंन प्रमोद रामानुज दासन्
अडियन् राघव रामानुज दासन्

श्रोत – https://guruparamparai.koyil.org/2012/08/25/manakkal-nambi/

archived in https://guruparamparai.koyil.org/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

Leave a Comment