श्रीः श्रीमते शठकोपाय नमः श्रीमते रामानुजाय नमः श्रीमद् वरवरमुनये नमः श्री वानाचल महामुनये नमः
हामीले पूर्व अनुच्छेदमा https://guruparamparai.koyil.org/2017/07/01/introduction/ “श्री संप्रदाय” को गुरुपरम्पराको वर्णन शुरु गरेका छाैं ।
श्रियःपति भगवान श्रीमन्नारायण श्रीवैकुण्ठमा अनन्त कालदेखि श्री, भू, नीलादेवीहरुका साथमा अनन्त, गरुड, विश्वकसेन अादि नित्यसूरीहरुका माझ रहनुहुन्छ र उहाँका असंख्य दिव्य गुणहरु छन् । परमपद श्रीवैकुण्ठ अन्नत र दिव्य अानन्दले भरिएकाे छ । भगवान श्रीवैकुण्ठमा अानन्दले बास गर्नुहुन्छ तर पनि उहाँकाे मन भने संसारमा दुख भाेगिरहेका जीवात्माहरु प्रति दयाले भरिएकाे हुन्छ । नित्य (जाे सधै परमपद श्रीवैकुण्ठमा बास गर्नुहुन्छ), मुक्त (जाे कुनै समयमा संसारमा हुनुहुन्थ्याे तर हाल माेक्षप्राप्त पश्चात वैकुण्ठमा हुनुहुन्छ) र बद्द (संसारमा दुख भाेगिरहेका जीवात्माहरु) सबै जीवात्माहरु भगवानकै दास हुन् र सबैकाे भगवानसंग एक मात्र सम्बन्ध छ पिता – पुत्र । यहि सम्बन्धले गर्दा नै भगवान बद्दात्माहरुलाई संसारबाट माेक्ष दिई श्रीवैकुण्ठमा लगि दिव्य कैंकर्यमा लगाउनु हुन्छ ।
शास्त्रकाे अनुसार माेक्ष प्राप्तकाे लागि वास्तविक तत्व ज्ञानकाे अावश्यकता पर्दछ । उक्त तत्व ज्ञानकाे बारेमा स्पष्टसंग रहस्य त्रयमा बताइएकाे छ । हामीलाई संसारबाट माेक्ष दिलाई श्रीवैकुण्ठमा पुर्याउनु हुने महापुरुषलाई अाचार्य भनिन्छ । भगवान स्वयं प्रथमाचार्य हुनुहुन्छ । भगवानले निम्न ३ प्रकारले अाचार्यकाे रुप धारण गर्नुभएकाे प्रसंग हाम्रा पूर्वाचार्यहरुले व्याख्या गर्नुभएकाे छ ।
- बदरीकाश्रममा भगवानले नारायण ऋषिकाे रुपमा अष्टाक्षरी महामन्त्र अाफ्नै अवतार नर ऋषिलाई प्रदान गर्नुभएकाे ।
- विष्णुलाेकमा भगवानले श्रीमहालक्ष्मीलाई द्वयमन्त्र प्रदान गर्नुभएकाे र श्रीवैष्णव सम्प्रदायकाे गुरुपरम्पराकाे शुरुवात गर्नुभएकाे ।
- कुरुक्षेत्रमा भगवानले अर्जुनजीलाई सारथीकाे रुपमा चरम मन्त्र प्रदान गर्नुभएकाे ।
सम्पूर्ण गुरुपरम्पराकाे चित्ररुपकाे लागि याे लिंकमा जानुहाेला । http://kaarimaaran.com/downloads/guruparambarai.jpg.
श्रीरंगममा निवास गर्नुहुने पेरीय पेरुमाल अर्थात श्रीरंगनाथ भगवान र पेरीय पिराट्टी अर्थात श्रीरंगनायकी साक्षात श्रीवैकुण्ठमा निवास गर्नुहुने भगवान र महालक्ष्मी हुनुहुन्छ । हामीहरुकाे गुरुपरम्परा (अाेरान वाञी गुरुपरम्परै) काे क्रम निम्न बमाेजिमकाे छ ।
- १ पेरीय पेरुमाल अर्थात श्रीमन्नारायण
- २ पेरीय पिराट्टी अर्थात श्रीरंगनायकी
- ३ सेनै मुदलियार अर्थात श्रीविश्वकसेन सूरी
- ४ नम्माल्वार अर्थात श्रीशठकाेप सूरी
- ५ श्रीमन्नाथ मुनि स्वामी
- ६ उय्यकाेण्डार अर्थात श्रीपुण्डरीकाक्ष स्वामी
- ७ मणक्काल नम्बी अर्थात श्रीराममिश्र स्वामी
- ८ अालवन्दार अर्थात श्रीयामुनाचार्य स्वामी
- ९ पेरीय नम्बी अर्थात श्रीमहापूर्ण स्वामी
- १० एम्पेरुमानार अर्थात श्रीरामानुज स्वामी
- ११ एम्बार अर्थात श्रीगाेविन्दाचार्य स्वामी
- १२ भट्टर अर्थात श्रीपराशर भट्टर स्वामी
- १३ नन्जीयर अर्थात श्रीवेदान्ति स्वामी
- १४ नम्पिल्लै अर्थात श्रीकलिवैरिदास स्वामी
- १५ वडक्कु तिरुविदि पिल्लै अर्थात श्रीकृष्णपाद स्वामी
- १६ पिल्लै लाेकाचार्यर् अर्थात श्रीलाेकाचार्य स्वामी
- १७ तिरुवायमाेञी पिल्लै अर्थात श्रीशैलेश स्वामी
- १८ अलगीय मणवाल मामुनीगल अर्थात श्रीवरवरमुनी स्वामी
हाम्रा अाल्वारहरु पनि हाम्राे गुरुपरम्पराकाे अभिन्न श्रृंखला हुनुहुन्छ ।
अाल्वारहरुकाे क्रम यस प्रकार छ ।
- १ पाेइगइ अाल्वार अर्थात श्रीसराेयाेगी
- २ भुतत्अाल्वार अर्थात श्रीभूतयाेगी
- ३ पेइअाल्वार अर्थात श्रीमहद्याेगी
- ४ तिरुमञिसै अाल्वार अर्थात श्रीभक्तिसार सूरी
- ५ श्रीमधुरकवि अाल्वार
- ६ नम्माल्वार अर्थात श्रीशठकाेप सूरी
- ७ कुलशेखर अाल्वार
- ८ पेरीयाल्वार अर्थात श्रीभट्टनाथ सूरी
- ९ अाण्डाल अर्थात गाेदादेवी
- १० ताेण्डरअडिप्पाेडि अाल्वार अर्थात श्रीभक्तांघ्रिरेणु अाल्वार
- ११ तिरुप्पाणी अाल्वार अर्थात श्रीयाेगीवाहन अाल्वार
- १२ तिरुमंगै अाल्वार अर्थात श्रीपरकाल सूरी
अन्य महत्वपूर्ण अाचार्यहरुकाे सूचीः
- १ सेल्व नम्बी
- २ कुरुगै कावलप्पन्
- ३ तिरुक्कणमंगै अाण्डान
- ४ तिरुवरंगप्पेरुमाल अरयर
- ५ तिरुक्काेष्टियुर नम्बी अर्थात श्रीगाेष्ठीपूर्ण स्वामी
- ६ पेरीय तिरुमलै नम्बी अर्थात श्रीशैलपूर्ण स्वामी
- ७ तिरुमलै अाण्डान्
- ८ तिरुक्काची नम्बी अर्थात श्रीकाञ्चीपूर्ण स्वामी
- ९ मारनेरी नम्बी
- १० कूरत्ताल्वान् अर्थात श्रीकूरेश स्वामी
- ११ मुदलिअण्डान् अर्थात श्रीदाशरथी स्वामी
- १२ अरुलाल पेरुमाल एम्पेरुमानार
- १३ काेयिल काेमान्दूर इलयविल्लि अाचान्
- १४ किदाम्बि अाचान्
- १५ वडुग नम्बी
- १६ वंगि पुरतु नम्बी
- १७ साेमासि अाण्डान्
- १८ पिल्लै उरंगाविल्ली दासर्
- १९ तिरुक्कुरुंगैप्पिरान् पिल्लान
- २० कूर नारायण जीयर
- २१ एेंगलाल्वान्
- २२ अनन्ताल्वान्
- २३ तिरुवरंगतु अमुदनार
- २४ नडादुर अम्माल्
- २५ वेद व्यास भट्टर
- २६ श्रुत प्रकाशिका भट्टर (सुदर्शन सूरी)
- २७ पेरीयवाचान् पिल्लै
- २८ ईयुणि माधव पेरुमाल
- २९ ईयुणि पद्मनाभ पेरुमाल
- ३० नालूर पिल्लै
- ३१ नालूराचान् पिल्लै
- ३२ नडुविल तिरुवीधि पिल्लै भट्टर
- ३३ पिनबञगिय पेरुमाल जीयर
- ३४ अलगिय मणवाल पेरुमाल नायनार
- ३५ नायनाराचान् पिल्लै
- ३६ वादि केसरी अलगिय मणवाल जीयर
- ३७ कूर कुलाेतम दासर्
- ३८ विलान्चाेलै पिल्लै
- ३९ वेदान्ताचार्यर्
- ४० तिरुनारायणपुरतु अइ जननी अाचार्यर्
श्रीवरवरमुनी स्वामीजी महाराजकाे समयमा र उहाँ पछि पनि धेरै महत्वपूर्ण अाचार्यहरु हुनुभयाे । जस्तै
- १ श्रीपाेन्नडिक्काल जीयर अर्थात श्रीवानमामलै ताेदाद्री जीयर स्वामीजी महाराज
- २ काेयिल कन्दानै अण्णन स्वामी
- ३ प्रतिवादि भयंकर अण्णन स्वामी
- ४ पतंगि परवस्तु पट्टरपिरान् जीयर स्वामी
- ५ एरुम्बि अप्पा
- ६ अप्पिल्लै
- ७ अप्पिल्ला
- ८ काेयिल कन्दानै अप्पन्
- ९ श्रीपेरुम्बुदुर अादि यतिराज जीयर स्वामी
- १० अप्पाचियारण्णा
- ११ पिल्लै लाेकम् जीयर
- १२ तिरुमञिसै अण्णावप्पंगार
- १३ अप्पन तिरुवेंकट रामानुज एम्बार जीयर
- र अन्य धेरै धेरै अाचार्यहरु
अब अरु लेखहरुमा हामी माथि उल्लेखित सबै अाचार्यहरुकाे बारेमा क्रमैसंग चर्चा गर्नेछाैं ।
आल्वार तिरुवडिगले शरणम् ।
एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।
अडियन् राघव रामानुज दासन् ।
अडियन प्रमाेद रामानुज दासन् ।
श्रोत – https://guruparamparai.koyil.org/2012/08/17/introduction-contd/
archived in https://guruparamparai.koyil.org/
प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) – http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org
Very nice
jaiya ho